घरमै बसेर लाइभ हेर्न पाइने भयो अदालती बहस, सर्वोच्चले तय गर्यो यस्तो मापदण्ड
Your ads here755 X 100

•
Byटेकपाना
•
शुक्रबार, १९ भाद्र २०८३, १:१० अपराह्न
काठमाडौं । सर्वोच्च अदालतले अदालती कारबाहीलाई आधुनिक, पारदर्शी र उत्तरदायी बनाउन भन्दै पहिलो पटक ‘अदालतमा सुनुवाइको प्रत्यक्ष प्रसारण (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०८३’ जारी गरेको छ । सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १६४ ले दिएको अधिकार प्रयोग गरी यस निर्देशिका ल्याइएको हो ।
निर्देशिकाले कुन मुद्दा प्रसारण गर्ने, कुन नगर्ने, कसरी व्यवस्थापन गर्ने र सामग्रीको प्रयोग कसरी गर्ने भन्ने विषयमा विस्तृत मापदण्ड तोकेको छ ।
निर्देशिका अनुसार खुला इजलासबाट हुने हरेक सुनुवाइ स्वतः प्रत्यक्ष प्रसारण हुने छै...