नोटिफाई नेपालLoading...
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमा उनी दुर्घटनामा परेका हुन्। दुर्घटनामा साम्पाङको हातमा सामान्य चोट लागेको र उनको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि पनि उनी निर्धारित कार्यक्रम स्थलमा पुगेका थिए।
विश्वव्यापी राइड–सेयरिङ कम्पनी उबरले नेपालमा औपचारिक रूपमा सेवा सुरु गर्दै देशलाई दक्षिण एसियाको उदीयमान डिजिटल बजार र बढ्दो पर्यटन गन्तव्यका रूपमा व्याख्या गरेको छ। कम्पनीले नेपालको आर्थिक तथा प्राविधिक रूपान्तरणसँगै यातायात सेवामा नयाँ अवसर देखेर यहाँ प्रवेश गरेको जनाएको छ। उबरका एसिया–प्रशान्त क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरका अनुसार नेपाल तीव्र गतिमा डिजिटल अर्थतन्त्रतर्फ अघि बढिरहेको, सहरी
राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिइन। उनले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताइन । उनका अनुसार गत साउनयता केन्द्रले एक हजार १३० कार्यालय अनुगमन गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। उनी भारतबाट फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा प्रस्थान गर्दै छन्। भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित
भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पर्कविहीन निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन आह्वान गर्दै त्यसो नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । उक्त मन्त्रालयले आज एक सूचना जारी गरी अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीलाई तीन दिनभित्रमा अनिवार्य रूपमा आफ्नो अभिलेख
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूहअन्तर्गत ५० हजार कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले एक संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर बिक्री प्रक्रिया सुरु गरेको जनाएको छ। हालका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि आवेदन आह्वान गरिएको कम्पनीले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज जेठ २२ गते शुक्रबार सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको कुल १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको सिम्बोल (SOPL) रहेको छ। नेप्सेले पहिलो कारोबारका लागि कालिन्चोक हाइड्रोपावरलाई न्यूनतम ९२.१५ रुपैयाँ र अधिकतम २७६.४५ रुपैयाँ पैसासम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ।
एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति जेठ २७
यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशनपछि बिक्री नभई बाँकी रहेको सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याउने भएको छ। कम्पनीले अवितरित रहेको कुल ७० हजार ४८० कित्ता सेयर बिक्री गर्न लागेको हो। कम्पनीका अनुसार बिक्रीका लागि राखिएको सेयरमध्ये ६३ हजार ८४७ कित्ता संस्थापक समूहको र ६ हजार ६३३ कित्ता सर्वसाधारण समूहको रहेको छ। उक्त सेयर
सरकारले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली सार्वजनिक गरेको जनाएको छ। समितिका अनुसार यसअघि नै ऋण चुक्ता गरिसकेका भए पनि नामावलीमा नाम समावेश भएका व्यक्तिहरूले सम्बन्धित प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुनुपर्नेछ। यस्तै, हालसम्म ऋण
| १७५.२९ |
| १ | २०४.०४ | २०४.०४ |
| १ | १९.२४ | १९.२४ |
| १०० | १६० | १६० |
| १० | ९.६४ | ९.६४ |
| १०० | ११.१६ | ११.१६ |
| १ | ४९१.४७ | ४९१.४७ |
| १ | ३७.३ | ३७.३ |
| १ | ३९१.८९ | ३९१.८९ |
| १ | ४१.३९ | ४१.३९ |
| १ | ४०.१८ | ४०.१८ |
| १ | १५.७८ | १५.७८ |
| १ | ११९.०२ | ११९.०२ |
| १ | ४.५८ | ४.५८ |
| १ | १५०.८८ | १५०.८८ |