नोटिफाई नेपालLoading...
यस वर्षको बडादसैँका अवसरमा सेयर लगानीकर्ताहरूले लामो बिदा पाउने भएका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार भोलि असोज ३१ गते शनिबार फूलपातीदेखि कात्तिक ८ गते आइतबारसम्म लगातार ९ दिन बन्द रहने भएको हो। यस वर्ष असोज ३१ गते फूलपाती परेको छ। त्यसैगरी, कात्तिक १ गते महाअष्टमी र कात्तिक २ गते अष्टमी परेको छ।
मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गते शुक्रबार १९औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ। साधारणसभाका लागि कात्तिक ११ गते
नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीबीच स्टक एक्सचेन्जको पुनर्संरचना तथा दोस्रो बजार सुधारका विषयमा छलफल भएको छ। बोर्डको कार्यालयमा असोज २९ गते भएको छलफलमा नेप्से पुनर्संरचनासम्बन्धी सुझाव समिति, २०८२ को प्रतिवेदन कार्यान्वयन, संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति तथा कारोबार प्रणालीमा सुधार गर्ने विषयमा चर्चा भएको हो। बोर्डका अध्यक्ष डा.
सरकारले निष्क्रिय कम्पनीलाई अद्यावधिक गर्न दिएको शतप्रतिशत जरिवाना छुटको समयसीमा सकिन लाग्दा कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन दुई दिन देखि प्रणाली ठप्प भएको छ। यसले देशभरका हजारौँ कम्पनी सञ्चालक तथा व्यवसायीलाई समस्या पारेको छ। सरकारले आर्थिक वर्ष २०८२/८३ को वार्षिक विवरण असोज मसान्तभित्र बुझाउने र कानुनबमोजिम लाग्ने कर, शुल्क तथा दस्तुर तिर्ने कम्पनीलाई विगतका बक्यौता जरिवाना
चितवनको सामान्य किसान परिवारमा जन्मिएर बाल्यकालमै ज्याला मजदुरी गर्दै पढेका तिलक कोइराला नेपाली पुँजी बजारमा परिचित नाम हुन्। पत्रकारिताबाट व्यावसायिक यात्रा सुरु गरेका उनले संघर्ष, जोखिम र असफलताबीच सेयर बजारमा आफ्नो पहिचान बनाएका छन्। उनको अनुभवमा लगानीमा सफल हुन पैसा मात्रै होइन, अध्ययन, धैर्यता र सही समयमा निर्णय गर्ने क्षमता पनि आवश्यक हुन्छ। मजदुरी गर्दै
नेपाल राष्ट्र बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमा अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको परिपत्रअनुसार असोज ३१ देखि कात्तिक ८ गतेसम्म तथा कात्तिक २१ देखि २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ। यसअघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहने आकाङ्क्षीका लागि सामाजिक सञ्जालमा साइबर बुलिङ तथा अन्य डिजिटल दुर्व्यवहारमा संलग्न नरहेको स्वघोषणा अनिवार्य गरेको छ। पार्टीले बुधबार सार्वजनिक गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ अनुसार आकाङ्क्षीले पार्टीको ‘क्यान्डिडेट क्लब’ मा आवेदन दिँदा आफ्नो व्यक्तिगत विवरण, शैक्षिक योग्यता, सार्वजनिक आचरण
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन्। निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि आशयपत्र (एलओआई) दिने तयारी भइरहेको उनले जानकारी दिएका छन्। बुधबार मन्त्रालयमा आयोजित पछिल्लो ६ महिनाको प्रगति समीक्षा कार्यक्रममा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित
राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र आज असोज २९ गतेदेखि निष्काशन गर्ने भएको छ। बैंकले ‘आरबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाइ ऋणपत्र निष्काशन गर्न लागेको छ। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ६ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यस्तो निर्णय गरेको हो। कार्यालयका अनुसार धनुषाको मिथिला नगरपालिकाको सिफारिसमा शुहानी निर्माण सेवा प्रालि, मरबैता कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालि र एस.एन.एस.एम.सी.सी.
| १६९.९ |
| १ | २०२.०२ | २०२.०२ |
| १ | १९.३२ | १९.३२ |
| १०० | १६० | १६० |
| १० | ९.५८ | ९.५८ |
| १०० | ११.४ | ११.४ |
| १ | ४९२.१८ | ४९२.१८ |
| १ | ३७.१३ | ३७.१३ |
| १ | ३९३.७४ | ३९३.७४ |
| १ | ४१.५९ | ४१.५९ |
| १ | ४०.४ | ४०.४ |
| १ | १५.२९ | १५.२९ |
| १ | ११८.४६ | ११८.४६ |
| १ | ४.५१ | ४.५१ |
| १ | १५१.५९ | १५१.५९ |