विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
काठमाडौं, भदौ १९ । भि.एस. स्कुलले विश्व शान्ति, सद्भाव र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले हिरोसिमामा भएको आणविक बम आक्रमणबाट भएको विनाशको स्मरण गर्दै फोटो तथा भिडियो प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ। बुधबार विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा हिरोसिमामा आणविक बम आक्रमणपछि सिर्जित भयावह अवस्थाका तस्बिर तथा भिडियो प्रदर्शन गरिएको थियो। विद्यार्थीलाई युद्ध तथा आणविक […]