काठमाडौं- नेपाली कांग्रेसभित्रको घरझगडा अझै साम्य भइसकेको छैन । सर्वोच्च अदालतले विशेष महाधिवेशनमार्फत् भएको नेतृत्व चयनसम्बन्धी विवाद औपचारिक रूपमा टुङ्ग्याइदिएको भएपनि पार्टीभित्र अझै पनि संवाद र समन्वयको अभाव देखिन्छ । यसैबीच, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका विषयमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सार्वजनिक गरेको पछिल्लो वक्तव्यले पार्टीभित्र नयाँ बहस जन्माएको छ । एकातर्फ पार्टीले ‘जरामा […]