७,५०० एमएएचको ब्याट्रीसहित ‘अनर एक्स ७ ई’ नेपाली बजारमा, फोन खरिद गर्दा इयरबड्स सित्तैमा !
Your ads here755 X 100

•
Byटेकपाना
•
शुक्रबार, १९ भाद्र २०८३, १०:४४ पूर्वाह्न
काठमाडौं । नेपाली बजारमा अनरले आफ्नो नयाँ स्मार्टफोन ‘अनर एक्स ७ ई’ (Honor X7e) सार्वजनिक गरेको छ । ६.६१ इन्चको १२० हर्ज रिफ्रेस रेटसहितको डिस्प्ले रहेको फोन गेमिङ, भिडिओ स्ट्रिमिङ र सधैं कनेक्टेड रहन चाहनेहरूका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।
फोनको मुख्य विशेषता ७,५०० एमएएच ब्याट्री हो । लामो समयसम्म टिक्ने ब्याट्रीका साथै यसमा ४५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ ।
फोटोग्राफीका लागि ५० मेगापिक्सेलको एआई अल्ट्रा-क्लियर मुख्य क्यामेरा पाउन सकिन्छ । ६ जीबी र्‍याम र २५६ जीबी इन्टर्न...