नेपाललाई आपतकालीन जलविज्ञान र मौसम सूचना नियमित उपलब्ध गराउने चीनको प्रतिबद्धता
Your ads here755 X 100

•
Byटेकपाना
•
शुक्रबार, १९ भाद्र २०८३, ३:२३ अपराह्न
काठमाडौं । चीनले नेपालसँग आपतकालीन जलविज्ञान र मौसमसम्बन्धी निगरानी सूचना निरन्तर आदानप्रदान गर्ने प्रतिबद्धता जनाएको छ । चिनियाँ दूतावासले शुक्रबार दिएको जानकारीअनुसार, नेपालमा हुन सक्ने प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र उद्धार कार्यमा सहयोग पुर्‍याउन चीनले यस्तो प्रतिबद्धता जनाएको हो ।
यसअन्तर्गत चीनले नेपालसँग नदीमा बनेका अवरोध (ब्यारियर लेक) तथा हिमताल विष्फोटको जोखिम लगायतका आपतकालीन जलविज्ञान निगरानी सूचनाहरू उपलब्ध गराउने छ ।
“चीनले उद्धार तथा विपद् राहत कार्यमा सहयोग पुर्‍याउन नेपालसँग आपतका...