नोटिफाई नेपालLoading...

काठमाडौं, जेठ २२ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेको छ। अघिल्लो कारोबार दिन बिहीबार घटेर बन्द भएको नेप्से आज पनि घटेको हो।
आज नेप्से परिसूचक ११.३७ अंक घटेर २७५५.४१ विन्दुमा झरेको छ। नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। हिजो बिहीबार ४ अर्ब ७० करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज ५ अर्ब ६२ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
आज कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। १३ उपसमूहमध्ये आज चार उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।








२२ जेठ , २,०८३