नोटिफाई नेपालLoading...

भक्तपुर, जेठ २२ । जेसिज सेकेन्डरी स्कुलले एसईई २०८२ ब्याचका विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना कार्यक्रम बिहिबार आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले शिक्षामार्फत समाज रूपान्तरण सम्भव हुने बताउँदै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिए। उनले जुनसुकै विषय अध्ययन गरे पनि त्यसमा दक्षता हासिल गरी देश र समाजको हितमा योगदान दिनुपर्ने बताए।
विद्यालयका प्रिन्सिपल जयराम गोर्खालीले एसईईपछिको शैक्षिक यात्रा थप चुनौतीपूर्ण हुने उल्लेख गर्दै स्पष्ट लक्ष्यका साथ अगाडि बढ्न विद्यार्थीहरूलाई आग्रह गरे।
![]()
विशेष अतिथि दिलरेमण कोजूले सही मार्गदर्शनले विद्यार्थीलाई सफलताको बाटोमा अघि बढाउने बताए भने सार्वजनिक शैक्षिक गुठी विद्यालय संघका अध्यक्ष जे.एस. पौडेलले जेसिज सार्वजनिक गुठीअन्तर्गत सेवाभावले सञ्चालित विद्यालय भएको जानकारी दिए।
विद्यार्थी प्रतिनिधि पृथुजा गोर्खालीले विद्यालयले आफूहरूलाई ज्ञान, अनुशासन र आत्मविश्वास प्रदान गरेको अनुभव सुनाइन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अवालले विद्यालयको स्थापना र विकासमा समुदायको महत्वपूर्ण योगदान रहेको बताए।
सो अवसरमा एसईई परीक्षार्थीहरूलाई मायाको चिनो वितरण गरिएको थियो भने राष्ट्रिय खेलकुद प्रतियोगितामा विजेता बनेकी विद्यार्थी सिल्भी नागालाई सम्मान गरिएको थियो।








२२ जेठ , २,०८३