नोटिफाई नेपालLoading...

भक्तपुर, वैशाख ९ । भक्तपुरमा सरकारी कार्यालयको सेवा प्रवाहमा अवरोध पुर्याएको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका वडा नं. १० स्थित भूमि सुधार तथा मालपोत कार्यालय परिसरमा अनधिकृत रूपमा प्रवेश गरी सेवा प्रवाहमा असर पार्ने गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरीले लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालय परिसरभित्र प्रवेश गरी अवरोध सिर्जना गर्ने ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
हाल उनीहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शुभेश अधिकारीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिए।