नोटिफाई नेपालLoading...



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको प्रथम जिल्ला अधिवेशनबाट यदुनाथ अधिकारी सभापतिमा निर्वाचित भएका छन्।
शनिबार पोखरामा सम्पन्न अधिवेशन अन्तर्गत भएको मतदानमा आफ्ना निकटतम प्रतिस्पर्धी एकराज न्यौपानेलाई मात्र १ मतान्तरले पराजित गर्दै अधिकारी विजयी भएका हुन्।
निर्वाचन समितिका अनुसार विजयी अधिकारीले ११५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी न्यौपानेले ११४ मत ल्याए।
कुल २३३ मत खसेकोमा ४ जना मतदाताले कसैलाई पनि मत दिएनन्। घरजग्गा, खानेपानी तथा रिसोर्ट व्यवसायमा आबद्ध नवनिर्वाचित सभापति अधिकारी यसअघि पनि तदर्थ समितिको कास्की सभापति थिए।
उनी विगतमा माओवादी र नेकपा (एमाले) लगायतका राजनीतिक दलमा सक्रिय रहँदै रास्वपामा प्रवेश गरेका हुन्। उनी विगतको निर्वाचनमा कास्की–३ बाट उम्मेदवारको आकांक्षी समेत रहेका थिए।








२२ जेठ , २,०८३