घरेलु दर्शकको साथ पाएको नेपाल ८ विकेटले विजयी
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, ०८ बैशाख २०८३, ८:१३ अपराह्न
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल विजयी भएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)लाई ८ विकेटले हराउँदै नेपाल विजयी भएको हो । जितका लागि एक सय २९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।
कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दुई खेलको सिरिज बराब...