नोटिफाई नेपालLoading...



गायिका एलिना चौहानले व्यवसायतर्फ पनि पाइला टेकेकी छन्। उनले काठमाडौंको नयाँ बानेश्वरमा महिला पहिरन तथा श्रृंगार स्टोर ‘रमणी बाई एलिना’ सञ्चालनमा ल्याएकी छन्।
सोमबार एलिनाले उक्त स्टोरको औपचारिक उद्घाटन गरेकी हुन्। स्टोर सञ्चालनका लागि दुई करोड रुपैयाँभन्दा बढी लगानी भएको उनले बताइन्। स्टोरमा साडी, कुर्ता, लेहेँगा, चप्पल, ब्याग, चुरा, गहना तथा अन्य श्रृंगारका सामग्री उपलब्ध हुनेछन्। विशेषगरी परम्परागत महिला फेसनलाई केन्द्रमा राखेर ‘रमणी बाई एलिना’ सञ्चालन गरिएको उनको भनाइ छ।
व्यवसाय सुरु गर्ने प्रेरणा आफूले विभिन्न कलाकारको जीवनबाट प्राप्त गरेको अनुभवबाट आएको एलिनाले सुनाइन्। कलाकारहरू आर्थिक अभावमा परेको समाचारले आफूलाई भविष्यबारे सोच्न बाध्य बनाएको उनको भनाइ छ।
गायिका एलिना यतिबेला तीज गीतको रेकर्डिङमा पनि निकै व्यस्त छिन्।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३