नोटिफाई नेपालLoading...



नेपालका कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतको कलकत्ता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया मल बोकेको तेस्रो जहाज आइपुगेको छ।
मन्त्रालयका अनुसार निरन्तर वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालन केही प्रभावित भएको छ। जसका कारण सोमबार नेपाल आइपुग्नुपर्ने १ हजार २५० मेट्रिक टन डिएपी मल बोकेको रेल अब बुधबार नेपाल आइपुग्ने जानकारी प्राप्त भएको छ। साथै, २ हजार ५०० मेट्रिक टन डीएपी मल बोकेको अर्को रेल पनि बुधबार नै नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, युरिया मलको आपूर्तिलाई थप तीव्रता दिन कलकत्ताबाट विराटनगरतर्फ ३०० मेट्रिक टन र भैरहवातर्फ ४५० मेट्रिक टन युरिया मल ट्रकमार्फत ढुवानीका लागि पठाइसकिएको मन्त्रालयले जनाएको छ।
बाँकी रासायनिक मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने र आवश्यकता अनुसार देशभर वितरण गरिने मन्त्रालयको भनाइ छ।
मन्त्रालयले कृषकलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति तथा वितरण व्यवस्थालाई निरन्तरता दिइरहेको जनाएको छ।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३