युवाले रोजगारी खोज्ने होइन, सिर्जना गर्ने होः मन्त्री पोखरेल
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, ०८ बैशाख २०८३, ९:१९ अपराह्न
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले अब युवा विद्यार्थीले रोजगारी खोज्ने नभई रोजगारी सिर्जना गर्नेगरी उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् ।
पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहमा उनले युवालाई उद्यमशीलतामा लाग्न अनुरोध गरे । मन्त्री पोखरेलले भने, “हामीले प्राप्त गरेको ज्ञान, सीप र विवेकको सही सदुपयोग गर्‍यौँ भने मात्र हामी सबै मिलेर नेपाललाई सबल, सक्षम र समृद्धशील राष्ट्र बनाउन सक्छौँ ।”
पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको करिब तीन दशकमा नेपालको विकास र समृद्धिमा आवश्यक उल्लेख्य दक्ष ...