नोटिफाई नेपालLoading...

.jpg)
.jpg)
कालीकोट जिल्लामा प्रेसर कुकुर बम डिस्पोज गरिएको छ।
जिल्लाको खाँडाचक्र नगरपालिका–१ स्थित पुरानो जिल्ला प्रहरी कार्यालयको जग्गामा कालो प्लास्टिकमा बेरेको अवस्थामा फेला परेको प्रेसर कुकुर बम डिस्पोज गरिएको हो।
शनिबार बिहान १२ बजे शंकास्पद वस्तु फेला परेको खबरपछि खोजतलास गर्दा प्रेसर कुकुर बम भएको प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले जानकारी दिए।
शंकास्पद वस्तु फेला परेपछि स्थानीय लक्ष्मण रोकायाले प्रहरीलाई खबर गरेका थिए।
खबर पाए लगत्तै पुगेको नेपाली सेनाको देवी बक्स गुल्मले खोजतलास गरी व्यवस्थापन गर्दा एउटा प्रेसर कुकुर बम भएको पुष्टि भएको हो।
नेपाली सेनाको देवी बक्स गुल्म कालीकोका सह–सेनानी सन्दीप पण्डितका अनुसार उक्त शंकास्पद बस्तु व्यवस्थापन गर्ने बेला प्रेसर कुकुर बम भएको पुष्टि भएको बताए। अहिले प्रेसर कुकुर बम डिस्पोज गरिसकेको उनले बताए।