नोटिफाई नेपालLoading...



वीरगन्जस्थित एक होटलमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा प्रतिबन्धित लागू औषधसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रतिबन्धित लागू औषध करिब ३० हजार ट्रमाडोल ट्याबलेटसहित भारत बिहार भेलाही निवासी २० वर्षीय सागर कुमार पटेललाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

पर्सा प्रहरीले गोप्य सुचनाको आधारमा वीरगन्ज महानगरपालिका ८ लिंकरोडमा संचालित समर होटल एण्ड लजको १०५ नम्बर कोठाबाट ट्रामाडोलसहित पटेललाई पक्राउ गरिएको बताइएको छ ।
लागू औषधसहित पक्राउ परेका पटेललाई हाल प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।






-1698832414.jpg)
९ बैशाख , २,०८३