नोटिफाई नेपालLoading...



बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'कविता एन्ड द कप' को तेस्रो शृङ्खला सम्पन्न भएकाे छ।
यस शृङ्खलामा कविता वाचन, टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि, आख्यानकार र सम्पादक अविनाश श्रेष्ठको उपस्थितिमा भयो।
श्रेष्ठले 'भोलिको गीत' पर्या कविता 'सतरूपा' जस्ता दुई बेजोड कविता वाचन गर्दै कवितालाई "सस्तो र सजिलो बुझ्नु हुँदैन। पहिले जसरी सबै विषयमा कविता लेखिन्थ्यो। अहिले झन् लेख्न सकिन्छ। मान्छेलाई केन्द्रमा राखेर धेरै कविता लेखियो। संसार मान्छेको मात्रै होइन ,सबै प्राणीको हो। कविता अब वातावरणमैत्री भएर सबैका लागि लेखिनुपर्छ। कवितामा जादुमय शक्ति हुन्छ" भन्ने धारणा राखे।
कविता एन्ड द कप 'का सूत्राधार प्रसिद्ध युवाकवि केशव सिलवालले यसको उद्देश्यबारे प्रष्ट पार्दै "दशकौँ पुरानो पुल " शीर्षकको कविता वाचन गरेका थिए। यस्तै प्राज्ञ चेतनाथ धमलाले 'भ्रम' र एक टुक्रा गरी दुइ लघुकविता र कृष्णकिसु न्यौपानेले "सहरको रङ्ग र सडकको अाँसु" जस्ता कविता वाचन गरेका थिए।
यसैगरी कविहरू मिथोच, रीमा केसी, सीता तुम्खेवा, प्रकाश गुँरागाई, युग सर्वनाम, सञ्जित फलाना, रजनी मिला लगायतले कविता वाचन गरेका थिए।
कवि चन्द्रवीर तुम्बापोले कवितामा प्रयुक्त भएका जारजन र कवित्वबारे प्रकाश पारेका थिए। साथै कवि मोक्तान थेबाले कार्यक्रमको उद्घोषणसहित कविता वाचन गरेका थिए। एकअापसमा वाचित कवितामाथि विशद् विमर्श समेत भयो।





-1698832414.jpg)


९ बैशाख , २,०८३