प्रतिपक्षी दलहरूको बैठक बस्दै
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
सोमबार, १८ जेठ २०८३, ११:१९ पूर्वाह्न
प्रतिपक्षमा रहेका दलहरूबीच छलफल हुँदैछ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा प्रतिपक्षमा रहेका दलहरू सहभागी हुने कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिए ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आइतबार संसद्‌मा नेपालले पनि भारतीय भूमि मिचेको बताएपछि विपक्षी दलहरूले आपत्ति जनाएका थिए ।
स्रोतका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।