ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्याइयो
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, ०८ बैशाख २०८३, ९:३२ अपराह्न
ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । आज पुलचोकबाट तानेर रातो मच्छिन्द्रनाथको रथ गाबल पुर्‍याइएको छ ।
वर्षा र सहकालका देवताका रूपमा पूजा गरिने रातो मच्छिन्द्रनाथलाई गत शनिबार ३२ हात अग्लो रथमा बिराजमान गराइएको थियो । तिथिअनुसार आज पुलचोकबाट रथ तानेर गाबल पुर्‍याइएको हो ।
गुठी संस्थानका अनुसार आज रातो मच्छिन्द्रनाथलाई मीननाथ देवताले स्वागत गर्दै गाबलसम्म ल्याइएको हो । बुधबारदेखि रातो मच्छिन्द्रनाथको रथ अगाडि लाग्नेछ भने मिननाथ देवताको सानो...