नोटिफाई नेपालLoading...



आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले बलिङतर्फ पहिलो सफलता हात पारेको छ। नेपालले प्रस्तुत गरेको १५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले ११ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४५ रन बनाएको छ।
नेपालका लागि तीव्र गतिका बलर नन्दन यादवले पहिलो सफलता दिलाएका हुन्। उनले खेलको सातौं ओभरमा नामिबियाका प्रारम्भिक ब्याटर अलेक्जेन्डर बुसिङ-भोल्सेन्कलाई विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए। बुसिङ-भोल्सेन्क २१ बलमा २ रन बनाएर आउट हुँदा नामिबियाको स्कोर २१ रन थियो।
पहिलो विकेट चाँडै गुमाए पनि अर्का ओपनर माइकल भान लिङ्गेनले आक्रामक ब्याटिंग गर्दै नामिबियाको इनिङ्स सम्हालेका छन्। उनले २९ बलमा ३ चौकासहित अविजित ३० रन बनाएका छन्। उनलाई जान फ्रिलिनकले १७ बलमा १० रन बनाएर साथ दिइरहेका छन्। नामिबियालाई जितका लागि अब ३९ ओभरमा ११३ रन आवश्यक छ।
नेपालका लागि विकेट लिने नन्दन यादवले २ ओभरमा १४ रन खर्चिएका छन्। त्यस्तै, सोमपाल कामीले कसिलो बलिङ गर्दै ४ ओभरमा १ मेडनसहित १० रन मात्र दिएका छन् भने करन केसीले ३ ओभरमा १६ रन र स्पिनर दीपेन्द्र सिंह ऐरीले २ ओभरमा ५ रन दिएका छन्।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३