नोटिफाई नेपालLoading...



नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
औपचारिक भ्रमणका लागि भारतमा रहेका परराष्ट्रमन्त्री खनाल र समकक्षी जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो।
भारतीय विदेशमन्त्री डा. जयशंकरले सामाजिक सञ्जालमार्फत भेटवार्ता र बैठकबारे जानकारी गराएका हुन्। उनले नेपाली प्रतिनिधिमण्डललाई भारतमा स्वागत गर्दै बैठकमा राखिएको आफ्नो प्रारम्भिक मन्तव्य समेत सामाजिक सञ्जालमा सेयर गरेका छन्।
भारतीय विदेशमन्त्री डा. जयशंकरको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका थिए।
उनी २४ जेठ (भोलि) सम्म भारत भ्रमणमा रहने कार्यतालिका छ।
बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्रको सहकार्य र जनस्तरको सम्बन्धलाई थप सुदृढ एवं विस्तार गर्नेबारे बैठकमा छलफल भइरहेको बुझिएको छ।








२२ जेठ , २,०८३