नोटिफाई नेपालLoading...



उदयपुरको धार्मिक तथा पर्यटकीयस्थल रौतापोखरीमा यसवर्षको महोत्सवमा विगत वर्षहरुभन्दा तेब्बर बढी भेटी संकलन भएको छ । चैत २९ देखि वैशाख ३ गतेसम्म सञ्चालित ‘प्रथम रौतामाई त्रियुगा पर्यटन महोत्सव’को अवधिमा मन्दिर आएका भक्तजले चढाएको भेटी झण्डै साढे ३ लाख संकलन भएको हो ।
महोत्सव आयोजक समिति संयोजक दिनेश श्रेष्ठका अनुसार बिहीबार साँझ महोत्सव सकिएपछि भक्तजनले मन्दिरमा चढाएको भेटी संकलन गरि शुक्रबार गणना गरिएको थियो । रौतारानी मन्दिरमा मात्र चढाएको भेटीको गणना गरिएको हो । यसरी संकलित भेटी गणना गर्दा ३ लाख ३७ हजार ३ सय ३० रुपैँया भएको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका वरिष्ट उपाध्यक्षसमेत रहेका श्रेष्ठले बताए ।
त्यसैगरि भक्तजनले मन्दिरमा सुनका २ वटा टीका, चाँदीको त्रिशुल, चाँदीकै औँठी र २ वटा बाला पनि मन्दिरमा चढाएको श्रेष्ठले बताए । गणना गरिएको भेटी मुख्य मन्दिरको मात्र हो । त्यसबाहेक आसपासमा रहेका लक्ष्मी, सरस्वति, गणेश, शिव र यलमबर मन्दिरमा पनि भक्तजनले प्रससत भेटी चढाएका थए । तर, अन्यमन्दिरको भेटी भने पुजारीलाई नै छाडिदिएको उनले बताए ।






-1698832414.jpg)
९ बैशाख , २,०८३