नोटिफाई नेपालLoading...



साहित्यकार कृष्ण बजगाईंको बालउपन्यास ‘देउसी खेल्ने भूत’ बजारमा आएको छ। नियात्रा, कथा, लघुकथा, कविता, हाइकु र बालसाहित्यमा कलम चलाउने बजगाईं नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील चन्।
‘देउसी खेल्ने भूत’ उपन्यासमा घरघरमा गएर भूतहरूले समेत देउसी खेल्ने र हरेक वर्ष गाउँलेहरू चिहानघारीमा गएर देउसी खेल्नुपर्ने अनौठो परम्पराको रोचक प्रसङ्ग छन्।
देउसी खेल्न निस्केका बालकहरू भूतसँग मिलेर देउसी खेलेका र भूतसँग मित लगाएका जस्ता डरलाग्दो प्रसङ्गहरू उपन्यासमा छन्।
रहश्यहरूले भरिपूर्ण रोमाञ्चकारी र अनपेक्षित घटनाहरू समावेश यस उपन्यासले पाठकलाई सातो जाने गरी तर्साउँछ। उपन्यासले मित्रता र एकताको महत्त्व बताउँदै साहसी बन्न सिकाउँछ।
विद्यार्थी, शिक्षक तथा अभिभावकका लागि उपयोगी बालमनोविज्ञानमा आधारित यो उपन्यास ज्ञानवर्द्धक, शिक्षाप्रद र प्रेरणादायी छ। बालबालिकाको भाषिक क्षमता अभिवृद्धि गराउन ‘देउसी खेल्ने भूत’ उपयोगी छ।
लामो समयदेखि विदेशमा बसेर साहित्य लेखन, पत्रिका प्रकाशन र साहित्यिक संगठनको नेतृत्व गर्दै आएका बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतका संस्थापक अध्यक्ष हुन्।
उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गरिरहेका छन्।
बियोन्ड स्टोरिज प्रालि काठमाडौंबाट रंगीन चित्रसहित प्रकाशित ‘देउसी खेल्ने भूत’ बालउपन्यासको मूल्य ३५० रुपैयाँ रहेको छ।





-1698832414.jpg)


९ बैशाख , २,०८३