नोटिफाई नेपालLoading...



दोलखाको गौरीशंकर गाउँपालिका ९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा पहिरोमा एक वृद्ध सम्पर्कविहीन भएका छन् भने ड्याममा कार्यरत चार जना कर्मचारीको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बिहान करिब १ बजे ड्याम नजिकै ठूलो पहिरो खसेपछि कर्मचारी बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। पहिरोको जोखिमका कारण असुरक्षित अवस्थामा रहेका चार जना कर्मचारीलाई नेपाल प्रहरीले बिहान करिब ७ ः १५ बजे उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।
पहिरोले ड्याम क्षेत्रमै गोठ बनाएर बस्दै आएका गौरीशंकर गाउँपालिका ९ टासिनामका करिब ७३ वर्षीय चस्मान (तसमान) तामाङको गोठ पनि बगाएको छ। घटनापछि उनी हालसम्म सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
पहिरोसँगै गोठमा रहेका सात वटा बाख्रा, नौ वटा गाई र तीन वटा गोरु समेत बगेका छन्। पशुचौपायाको क्षतिको यकिन विवरण संकलन भइरहेको जनाइएको छ।
सम्पर्कविहीन तामाङको खोजीका लागि नेपाल प्रहरी घटनास्थलमा सक्रिय रूपमा परिचालन भएको छ। स्थानीयवासी तथा अन्य सुरक्षा निकायको सहयोगमा खोजी तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।






.jpg)

६ श्रावण , २,०८३