नोटिफाई नेपालLoading...



द्वन्द्वका बीच संयुक्त राज्य अमेरिकाले इरानका विश्वकप फुटबल खेलाडीहरूलाई भिसा दिएको छ।
लस एन्जलसमा हुने पहिलो खेलको १० दिन अगाडि इरानको फुटबल टोलीलाई अमेरिका प्रवेश गर्न भिसा दिइएको ह्वाइट हाउसका एक अधिकारीले बताए।
यसअघि मेक्सिकोका लागि इरानका राजदूत अबोल्फाजल पसान्डिदेहले बिहीबार रातिसम्म अमेरिकी भिसा प्राप्त नभएको बताएका थिए।
टर्किएका लागि अमेरिकी राजदूत टम ब्यारेकले शुक्रबार एक्समा पोस्ट गर्दै इरानलाई अमेरिका प्रवेश गर्न भिसा दिइएको पुष्टि गरे।
इरानी फुटबल संघले भने भिसा स्वीकृतिको बारेमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन।
फिफा विश्वकप २०२६ जुन ११ मा सुरु हुँदैछ। यसपालीको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन्।
मे महिनाको अन्तिममा अमेरिकाले भिसा नदिएपछि इरानले आफ्नो प्रशिक्षण केन्द्र मेक्सिकोमा सारेको थियो।
शुक्रबार फार्स समाचार एजेन्सीले इरान टोलीका केही प्राविधिक र प्रशासनिक कर्मचारीहरू अमेरिका प्रवेश गर्न भिसा नदिएको उल्लेख गरेको छ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सांसदहरूलाई इरानको फुटबल प्रतिनिधिमण्डललाई इरानी सशस्त्र सेनाको शक्तिशाली शाखा इस्लामिक रिभोलुसनरी गार्ड्ससँग सम्बन्धित व्यक्तिहरूलाई समावेश गर्न अनुमति नदिने बताएका थिए।








२२ जेठ , २,०८३