नोटिफाई नेपालLoading...



प्रहरीले प्रतिबन्धित लागुऔषध ट्रामाडोलसहित पक्राउ परेका एक जना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका भारत विहार जिल्ला मोतीहारी भेलाही घर भएका २० वर्षीय सागर कुमार पटेललाई मंगलबार सार्वजनिक गरेको हो।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वैशाख ६ गते वीरगञ्ज महानगरपालिका वडा नं.८ लिंक रोडस्थित समर होटल एण्ड लजमा खानतलासी गर्दा पटेललाई उक्त लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
होटलबाट लागुऔषध ट्रामाडोल १ पत्तामा १० पिसका दरले तीन हजार पत्तामा जम्मा तीस हजार पिस ट्याब्लेट बरामत गरिएको प्रहरीले जनाएको छ।
उनीमाथि लागु औषधसम्बन्धि कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता तथा सूचना अधिकारी हरि बहादुर बस्नेतले जानकारी दिए।






-1698832414.jpg)
९ बैशाख , २,०८३