नोटिफाई नेपालLoading...



फिफा विश्वकप सन् २०२६ पछि फ्रान्सेली राष्ट्रिय फुटबल टोली नयाँ अध्यायतर्फ अघि बढिरहेको छ।
फ्रान्सका महान् मिडफिल्डर जिनेदिन जिदानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा डिडिएर डेसच्याम्प्सको स्थान लिने लगभग निश्चित भएको फ्रान्सका विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। सन् २०२१ मा रियल मड्रिड छाडेपछि कुनै पनि टोलीको प्रशिक्षण नसम्हालेका जिदानले फ्रान्सको जिम्मेवारी लिन सहमति जनाइसकेको बताइएको छ।
सन् १९९८ को विश्वकप विजेता जिदानलाई लामो समयदेखि फ्रान्सको प्रशिक्षक बन्ने प्रमुख दाबेदारका रूपमा हेरिँदै आएको थियो। ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार जिदानले फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) सँग दीर्घकालीन सम्झौतामा हस्ताक्षर गरिसकेका छन्।
रोमानोले दुवै पक्षबीच गत नोभेम्बरमै मौखिक सहमति भएको र ५३ वर्षे जिदानले फ्रान्सको जिम्मेवारी सम्हाल्नका लागि युरोपका थुप्रै शीर्ष क्लबहरूको प्रस्तावसमेत अस्वीकार गरेको बताएका छन्। जिदानको नियुक्तिबारे औपचारिक घोषणा चाँडै हुने अपेक्षा गरिएको छ।
सन् २०२६ को विश्वकपमा अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको फ्रान्सलाई पुनः सफलताको बाटोमा फर्काउने जिम्मेवारी अब जिदानको काँधमा हुनेछ। उनले अन्तर्राष्ट्रिय फुटबलकै सबैभन्दा बलियो टोलीमध्ये एकको नेतृत्व गर्नेछन्। जिदानले १४ वर्षसम्म फ्रान्सको नेतृत्व गरेका डेसच्याम्प्सको स्थान लिनेछन्। डेसच्याम्पले कप्तानका रूपमा सन् १९९८ मा फ्रान्सलाई पहिलो विश्वकप उपाधि दिलाएका थिए।
मुख्य प्रशिक्षकका रूपमा सन् २०१८ मा दोस्रो पटक विश्वकप जिताएका थिए। तर, उनको अन्तिम प्रतियोगिता सुखद रहेन। सन् २०२६ को विश्वकपमा फ्रान्स सेमिफाइनलमा च्याम्पियन बनेको स्पेनसँग पराजित भएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा पनि फ्रान्स इङ्ल्यान्डसँग ६–४ ले स्तब्ध हुँदै चौथो स्थानमै सीमित रह्यो। डेसच्याम्प्सले विश्वकपअघि नै सम्झौता सकिएपछि पद छाड्ने घोषणा गरिसकेका थिए। पछि उनले राष्ट्रिय टोली वरिपरि सिर्जना भएको
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३