नोटिफाई नेपालLoading...



कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बस पार्क नजिकैबाट साढे १४ किलो चरेससहित चार जना पक्राउ परेका छन्।
प्रहरीले गोप्य सूचनाका आधारमा भारत लानका लागि शरीर र झोलामा राखिएको अवस्थामा १४ किलो ४२७ ग्राम चरेससहित मंगलवार राति ८ उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका मध्ये तीन जना महिला र एक जना पुरुष रहेका छन्। पक्राउ पर्नेमा बागलुङको निसिखोला गाउँपालिका – ६ का नकुल घर्ती मगर, सोहीपालिका वडा नम्बर ९ की ३७ वर्षीय दिल कुमारी घर्ती मगर, वडा नम्बर की ३७ वर्षीय मनिषा घर्ती मगर र रुकुम पूर्वको भुेम गाउँपालिका १ की ४० वर्षीय दिल कुमारी घर्ती रहेका छन् ।
पक्राउ परेको चारै जना भरिया हुन भने मुख्य कोरोवारी फरार रहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए।


-1698832414.jpg)




९ बैशाख , २,०८३