नोटिफाई नेपालLoading...



हिन्दि तथा नेपाली भाषामा गीत गाएका बलिउडका चर्चित प्लेब्याक सिंगर शान्तनु मुखरजी (शान) सांगीतिक प्रस्तुति दिन नेपाल आउने भएका छन्।
आगामी भदौ ६ गते उनले नेपालकै सबैभन्दा ठूलो इन्डोर इभेन्ट भेन्यु ‘क्लब नोभा’ मा आफ्ना गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिनेछन्।
तीन दशक भन्दा बढीदेखि वर्तमानसम्म युवा पुस्तामाझ लोकप्रिय रहेका गायक शानले आफ्नो जादुमयी आवाजले नेपाली सङ्गीत प्रेमीहरूलाई मन्त्रमुग्ध बनाउन आउने भएका छन्।
यस विशेष सांगीतिक कार्यक्रमको आयोजना तथा व्यवस्थापन ‘नेपाली टच’ ले गर्ने छ।
कार्यक्रममा शानले आफ्ना सर्वाधिक चर्चीत गीतहरू ‘मुसुमुसु हाँसीदेउ’, ‘ओम शान्ति ओम’, ‘बहती हवा सा था वो’ लगायतका चर्चित सांगीतिक प्रस्तुतिहरू पस्किनेछन्।






.jpg)

६ श्रावण , २,०८३