मुस्ताङमा भारतीय नागरिक मृत फेला
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, ०८ बैशाख २०८३, ८:५७ अपराह्न
मुस्ताङमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रतापगढ, उत्तर प्रदेश (भारत) घर भएका ६३ वर्षीय सङ्गमलाल यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।
वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सिमाना पान्डा खोला नजिकै जोमसोम–कागबेनी सडक...