नोटिफाई नेपालLoading...



नितेश तिवारीको बहुप्रतीक्षित मेगा–बजेट चलचित्र ‘रामायण’ मा अनुभवी अभिनेता अनुपम खेर पनि जोडिएका छन्। उनले चलचित्रमा जटायुको आवाज दिने पुष्टि भएको छ।
नितेश तिवारी निर्देशित ‘रामायण’ यस वर्षका सबैभन्दा प्रतीक्षित चलचित्रमध्ये एक हो। चलचित्रमा रणबीर कपूर भगवान् रामको भूमिकामा देखिनेछन् भने दक्षिण भारतीय अभिनेत्री साई पल्लवी सीताको भूमिकामा अभिनय गर्नेछिन्। अनुपम खेर पनि यस महत्त्वाकांक्षी परियोजनाको हिस्सा बनेका छन्।
चलचित्रमा दक्षिण भारतीय अभिनेता यश रावणको भूमिकामा देखिनेछन् भने रवि दुबे लक्ष्मणको भूमिकामा अभिनय गर्नेछन्। दादासाहेब फाल्के इन्टरनेसनल फिल्म फेस्टिभलको इन्स्टाग्राम पोस्टमार्फत अनुपम खेरले चलचित्रमा जटायुको आवाज दिने आधिकारिक पुष्टि गरेका हुन्।
यस घोषणासँगै लामो समयदेखि अमिताभ बच्चनले जटायुको आवाज दिने भन्ने अड्कलबाजीको पनि अन्त्य भएको छ। अब चलचित्रमा जटायुको स्वर दर्शकहरूले अनुपम खेरकै आवाजमा सुन्न पाउनेछन्।
रावण र जटायुबीचको युद्धलाई चलचित्रको सबैभन्दा भावुक र प्रभावशाली दृश्यमध्ये एक मानिएको छ। निर्देशक नितेश तिवारीका अनुसार यो दृश्य चलचित्रको अत्यन्त महत्त्वपूर्ण सिनेम्याटिक क्षण हुनेछ, जसलाई अनुपम खेरको आवाजले अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ।
चलचित्रको पहिलो भाग सन् २०२६ को तिहारमा सिनेमाघरमा प्रदर्शन हुने तयारीमा छ भने दोस्रो भाग सन् २०२७ को तिहारमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ।
.jpg)




-1781786010.jpg)



६ श्रावण , २,०८३