नोटिफाई नेपालLoading...



काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर क्षेत्रको डुबानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरूलाई निर्देशन दिएकी छिन्।
डुबान हुने क्षेत्रको मंगलबार अनुगमन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौं र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिइएको हो। अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग र महानगर प्रहरी बलका अधिकारी सहभागी थिए।
अनुगमनका क्रममा माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ भने पानी निकास हुने ठाउँमा ६० सेन्टिमिटरको मात्र ढल छ। प्रारम्भिक अवस्थामा यही कारणले डुबान भएको देखिन्छ। तर, कारण यति मात्र होइन। अधिकारीहरूले माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध हुन सक्ने अनुमान गरेका छन्।
अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रलाई डुबानमुक्त बनाइने बताएकी छिन्।

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३