काठमाडौँ – मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा विभिन्न संक्रामक रोगहरूको जोखिम तीव्र रूपमा बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अधिकारीहरूले देशभर झाडापखाला, हैजा, टाइफाइड, डेंगी र श्वासप्रश्वाससम्बन्धी संक्रमणका बिरामीहरूको संख्या उल्लेखनीय रूपमा बढेको भन्दै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा […]