काठमाडौं– वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथयात्रा मंगलबारदेखि सुरु भएको छ । मंगलबार ललितपुरको पुल्चोकमा रहेको रथलाई तानेर गाःबहालमा पुर्याइएको छ । रथ तान्नुअगाडि गुरुज्यूको पल्टनले सलामी दिनुका साथै विभिन्न टोलमा रहेका बाजागाजा समूहले रथको अघिपछि बसेर पुलचोकदेखि गाःबहालसम्म पुर्याउने परम्परा छ । साइतअनुसार रथ तान्न शुरु गरी विभिन्न रुटमा गाःबहालबाट फेरि मंगलबजार, […]