प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
Your ads here755 X 100

काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढीले घटेको छ। यो समयमा नेप्से परिसूचक ६.६८ अंकले घटेर २७१९.८१ विन्दुमा अडिएको हो।५७ वटा स्क्रिप्सको ३४ हजार ८३० कित्ता सेयर २ करोड १७ लाख ७३ हजार ८१४ रुपैयाँमा खरिदबिक्री भए।कारोबारमा आएकामध्ये १० वटा स्टक्सको मूल्य बढ्दा ४२ वटाको घट्यो। ४ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।