बहुअपांगता बालकमाथि बाबुको क्रुर हिंसा
Your ads here755 X 100

विराटनगर : विराटनगर महानगरपालिका–१४ हंसबाहिनी टोलस्थित सुकुम्बासी बस्तीमा बहुअपांगता भएका एक सात वर्षीय बालकलाई आफ्नै बाबुले लामो समयदेखि अमानवीय व्यवहार र शारीरिक हिंसा गर्दै आएको घटना सार्वजनिक भएको छ ।घटनाबारे जानकारी पाएपछि प्रहरीले आरोपित बाबुलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । पीडित बालकलाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको छ । अस्पतालका अनुसार बालकको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि उनलाई पोषण अभाव देखिएकाले न्यूट्रिसन विभागमा राखेर थप उपचार अघि बढाइएको छ