देशका केही स्थानमा भारी वर्षा हुने, विभिन्न ठाउँमा तातो लहरको पनि सम्भावना
Your ads here755 X 100

काठमाडौं : साताभर स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने तर मनसुनी वायुको प्रभाव नरहने सम्भावना छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली भू-भागमा साताभर मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। पहाडी भू-भागमा साताभर कोशी प्रदेशको केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम