विराटनगरबाट गगनको सन्देश : कांग्रेसमा युवाहरूको सक्रियता अनिवार्य
Your ads here755 X 100

विराटनगर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई पुनः सशक्त बनाउन युवाको सक्रिय सहभागिता अनिवार्य रहेको सन्देश दिएका छन् । पार्टीको संगठनात्मक सुधार र गुमेको मत फिर्ता ल्याउन युवाको सक्रिय सहभागिता एवं रणनीति अनिवार्य भएको उनको भनाइ छ । कांग्रेस कोशी प्रदेश समितिद्वारा विराटनगरमा बुधबार आयोजित निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र नयाँ पुस्तालाई आकर्षित नगरी संगठन मजबुत बन्न नसक्ने स्पष्ट पारे । उनका अनुसार कांग्रेसको इतिहास, विगतका उपलब्धि र सुशासनका