सुनवलका मेयर र शिक्षा प्रमुखबीच टकराव, अन्यौलमा शिक्षक
Your ads here755 X 100

•
Byहरि शर्मा (नवलपरासी)
•
—
परासी : नवलपरासीको सुनवलमा मेयर विमला अर्याल र शिक्षा शाखा प्रमुख विष्णुप्रसाद गोतामेबीचको विवादले नगर क्षेत्रका शिक्षकहरु अन्यौलमा परेका छन् । शिक्षक काज सरुवाको विषयमा दुई जनाले छुट्टाछुट्टै पत्र जारी गर्दै एक अर्काको निर्देशन नमाने कारबाही गर्ने चेतावनी दिएपछि शिक्षकहरु कसको आदेश मान्ने भनेर अन्यौलमा परेका हुन् । शिक्षा शाखा प्रमुख गोतामेले ‘काज फिर्ता सम्बन्ध’ को पत्र जारी गरेर सात दिनभित्र सम्बन्धित विद्यालयमा जान भनिएको छ । २०७८ साल पुस २७ गतेपछि र २०७८ मंसिर २७ गतेपछि विभ