यातायात कार्यालय गौरबाट ‘बिचौलिया’ पक्राउ
Your ads here755 X 100

रौतहट : गौर यातायात कार्यालबाट एक जना ‘बिचौलिया’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौर नगरपालिका –५ दोस्तिया टोल घर भएका ४० बर्षीय लक्ष्मीकुमार केशरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । केशरीलाई गौर नगरपालिक – ३ स्थित यातायात व्यवस्था कार्यालय रौतहट गौरबाट पक्राउ गरिएको हो ।उनले सेवाग्राहीलाई विभिन्न कामहरु छिटो गरिदिने भनि अनावश्यक झन्झट दिने, हैरानी गर्ने सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटहरुमा जाने र कार्यालयको कम्पाउण्ड भित्र सेवाग्राह