नोटिफाई नेपालLoading...



अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २१ जनालाई नियन्त्रणा लिएको छ।
झापा, दमक नगरपालिका-८ किरात चोक बस्ने २२ वर्षीय एलिस राज खरेललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ३० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ बगानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २७ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ बस्ने २५ वर्षीय संजोग राई, २५ वर्षीय रूपेश दर्जी र ३७ वर्षीय अमृत दर्जी रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले बा.४० प ३९९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ५० वर्षीया खैरून खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सुनसरी, धरान उपमहानगरपालिका-१३ देवी मार्ग बस्ने २५ वर्षीय काले भन्ने बुद्ध राईलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ५० ट्याब्लेट, स्पास्पेन ७ सय ५० ट्याब्लेट र डिकोलिक १ सय ट्याब्लेट सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
अस्थायी प्रहरी चौकी जोर संखुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।
कपिलवस्तु, वाणगंगा नगरपालिका-३ चम्कीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद १० हजार रूपैयाँ सहित सोही नगरपालिका-४ डुगा बस्ने ३४ वर्षीय किशोर भन्ने जंग बहादुर दर्जीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी, कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १४ किलो ४ सय २७ ग्राम सहित ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बागलुङ निसीखोला गाउँपालिका-९ बस्ने ३७ वर्षीया दिलकुमारी घर्ती मगर, सोही गाउँपालिका-६ बस्ने ३७ वर्षीया मनिषा घर्ती मगर, रूकुम पूर्व भुमे गाउँपालिका-१ बस्ने ४० वर्षीया दिलकुमारी घर्ती र बागलुङ निसीखोला गाउँपालिका-६ बस्ने ३४ वर्षीय नकुल घर्ती मगर रहेका छन्।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
ललितपुर, ललितपुर महानगरपालिका-२ साचल सुन्दरी टोलबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ४० ट्याब्लेट, नाइट्राजेपाम ७ सय ४९ ट्याब्लेट, टापेन्टाडोल १२ ट्याब्लेट र नगद ८३ हजार ४ सय रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२ सानेपा बस्ने धादिङ घर भएका २५ वर्षीय अनिल लामा, रामेछाप घर भएका ३२ वर्षीय श्याम श्रेष्ठ र ललितपुर महानगरपालिका-३ धोबिघाट बस्ने ३८ वर्षीय सुदिप राना रहेका छन्। प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषदध सहित पक्राउ गरेको हो।
यसैगरी, ललितपुर, महालक्ष्मी नगरपालिका-५ टिकाथलीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय १० ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने रामेछाप घर भएका २३ वर्षीय राजु श्रेष्ठ र सोही ठाउँ बस्ने २२ वर्षीया ईशा सैजु रहेका छन्। प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
मोरङ, रतुवामाई नगरपालिका-५ सुनवर्षीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सुनवर्षी नगरपालिका-३ बस्ने ४० वर्षीय शान्त बहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले सुनवर्षीबाट गोबिन्दपुरतर्फ जाँदै गरेको मे.९ प ९५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
सिराहा, गोलबजार नगरपालिका-२ टुडकीया टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २० किलो ४ सय ग्राम सहित सोही ठाउँ बस्ने ४५ वर्षीया गीता कुमारी साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
लमजुङ, राईनास नगरपालिका-६ पाँचभाइ चौतारा बस्ने २१ वर्षीय बवुल मियालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल १० ट्याब्लेट र एनारगन १० ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी विट धमिलिकुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४० ट्याब्लेट सहित कैलाली लम्किचुहा नगरपालिका-४ बस्ने २२ वर्षीय लोकेश परियारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जुमनाहबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-६ बस्ने २५ वर्षीया बिटिया भन्ने सुमिता खटिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनको घुम्ती पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






-1698832414.jpg)
९ बैशाख , २,०८३