बुधबार रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको गोसाईकुण्ड गाउँपालिकाका धेरै स्थानहरू बस्तीविहीन बनेका छन्। रसुवासँगै नुवाकोट, धादिङ र चितवनमा पनि ठूलो क्षति भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिकाका २, ३ र ५ वडा लगभग ध्वस्त भएको गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ बताउँछन्। तामाङका अनुसार वडा नम्बर ५, र २ मा सबैभन्दा धेरै क्षति […]