काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन्। पहिरोमा फसेका एक जलविद्युत् आयोजनाका चार जना कर्मचारीको भने सकुशल उद्धार गरिएको छ। स्थानीयका अनुसार अविरल वर्षासँगै मूलखर्कमा खसेको पहिरोले स्थानीय तामाङलाई बगाएको हो। पहिरोको खबर पाएलगत्तै खटिएको सुरक्षाकर्मी र स्थानीयको टोलीले बेपत्ताको खोजतलास जारी राखेको छ। यसैगरी, पहिरोका […]