मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि श्रृंखलाबद्ध दुर्व्यवहार गरेको आरोपमा थप एकजना शिक्षक पक्राउ परेका छन्। यस प्रकरणमा पक्राउ पर्ने शिक्षकको संख्या नै चार पुगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्र मिश्रले फरार रहेका सङ्गीत शिक्षक भीम नेपाललाई सोमबार साँझ पक्राउ गरिएको बताए । अन्यलाई जस्तै […]